दोलखामा एमालेले अग्रता लियो, माओवादीका कार्की १,५०३ मतले पछि

काठमाडौं । दोलखामा जारी मतगणनामा नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले अग्रता बनाएका छन् । ३६ हजार ३३६ मत गणना हुँदा शिवाकोटीले १६ हजार २१४ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा (माओवादी केन्द्र)का गंगा कार्कीले १४ हजार ७११ मत पाएका छन् । शिवाकोटी १५०३ मतले अगाडि छन् ।

दोलखामा ४ मतदानस्थलका १० वटा मतदान केन्द्रमा मंसिर १५ मा पुन: मतदान भएको थियो । यहाँ बिहीबार गणना सुरू भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *