समानुपातिकतर्फ १ करोड ४ लाख गणना हुँदा नेकपा एसको अझै पुगेन ३ लाख मत

काठमाडौँ । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट समानुपातिकमा नेकपा (एमाले) पहिलो दल बनेको छ । देशका अधिकांश क्षेत्रको मत गणना सकिँदा एमालेले २७ लाख ८८ हजार ३५६ मत ल्याएको छ ।

एक करोड चार लाख २० हजार १२५ सदर मत गणना हुँदा दोस्रोमा रहेको नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६ मत ल्याएको छ । एघार लाख ६२ हजार १२४ मतसहित नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख २४ हजार ५४३ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार ६३८ मत पाएको छ । यसै निर्वाचनबाट उदाएको जनमत पार्टीले तीन लाख ९४ हजार ५२३ मत ल्याएको छ ।

नेकपा (एकीकृत समाजवादी) भने थ्रेसहोल्ड नकटाउने निश्चित भएको छ । बाँकी रहेका दोलखा र बाजुराको मतगणनासमेत अन्तिम चरणमा पुगेका बेला एकीकृत समाजवादीले दुई लाख ९४ हजार ३६२ मत पाएको छ । पछिल्ला एक दिनमा नेकपा (एकीकृत समाजवादी)को २६८ मत मात्र बढेको छ । शनिबार बिहानसम्म उसको मत दुई लाख ९२ हजार ९४ थियो ।

प्रतिक्रिया

One thought on “समानुपातिकतर्फ १ करोड ४ लाख गणना हुँदा नेकपा एसको अझै पुगेन ३ लाख मत

Leave a Reply

Your email address will not be published. Required fields are marked *