बाजुरा प्रदेश (ख)मा निवर्तमान संघीय सांसद थापालाई हराउँदै कांग्रेसका शाही विजयी

काठमाडौँ । बाजुरा प्रदेश (ख)मा मतगणना नसकिँदै नेपाली कांग्रेसका पदमबहादुर शाही विजयी भएका छन् । गणना गर्न २ हजार ८४२ मत बाँकी हुँदा शाही २ हजार ८९५ ले अगाडि छन् ।

पछिल्लो विवरणअनुसार शाहीले १९ हजार ३७ मत ल्याएका छन् भने निवर्तमान संघीय सांसदसमेत रहेका नेकपा एमालेका उम्मेदवार लालबहादुर थापाले १६ हजार १४५ मत पाए । प्रदेश (ख)मा ३९ हजार १५८ मत खसेकोमा ३६ हजार ३१६ को गणना सकिएको छ । यसअघि प्रदेश (क) नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही विजयी भइसकेका छन् ।

प्रतिनिधिसभातर्फ पनि नेपाली कांग्रेसको अग्रता छ । कांग्रेस उम्मेदवार बद्री पाण्डे तीन हजार ७७८ मतले अगाडि छन् । उनले २६ हजार ९८६ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले)का कर्ण थापाले २३ हजार २०८ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *