अष्ट्रेलिया र अमेरिका विश्वकपबाट बाहिरिए

काठमाडौँ । अष्ट्रेलिया र अमेरिका फिफा विश्वकप कतार २०२२ को अन्तिम १६ बाट बाहिरिएका छन् । अष्ट्रेलियासँग अर्जेन्टिनाले २–१ को हार ब्यहोर्दै विश्वकपबाट घर फर्किएको हो ।

हमद बिन अली रंगशालामा अर्जेन्टिनाले २–१ को जितका साथ क्वाटरफाइनलमा नेदरल्यान्ड्ससँग भेट पक्का गरेको हो । मैदानमा ४५ हजार दर्शकसामु पहिलो हाफमा मेस्सीकै गोलमा अग्रता लिएको अर्जेन्टिनाका लागि दोस्रो हाफमा जुलियन अल्भारेजले गोल थपे । अन्त्यतिर अष्ट्रेलियाले गोल थपेपनि उक्त गोल नतिजा बदल्न पर्याप्त रहेन ।

अमेरिका पनि अन्तिम १६ को पहिलो खेलमा नेदरल्यान्ड्ससँग ३–१ ले पराजित हुँदै विश्वकपबाट बाहिरिन बाध्य भयो । नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपे र डाली ब्लाइन्डले एक एक गोल गरेका हुन् । डिपेले खेलको १०औं मिनेटमा नै पहिलो गोल गर्दै नेदरल्यान्ड्सलाई शुरुवाती अग्रता दिलाएका थिए भने ब्लाइन्डले खेलको पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाएका थिए ।

खेलको ८१औं मिनेटमा डेन जेल डमफ्राइजले नेदरल्याण्डसका लागि तेस्रो गोल गरेका थिए । डमफ्राइज यस अघिका दुवै गोल असिस्ट समेत गरेका थिए ।
त्यसैगरी अमेरिकाका लागि एक गोल खेलको ७६औं मिनेटमा हाजी राइटले गरेका थिए । योसँगै अमेरिकाको विश्वकप यात्रा भने टुंगिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *