बाजुरा प्रदेश (क)मा मतगणना नसकिँदै नेकपा एसका शाही विजयी

काठमाडौँ । बाजुरा प्रदेश कमा मतगणना नसकिँदै नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही विजयी भएका छन् । १४ सय मत गन्न बाँकी रहँदा शाहीले १८ सय मतान्तरले अग्रता लिएका छन् ।

१८ हजार ३६१ गणना भइसक्दा नेकपा एमालेका बलदेव रेग्मीले ८ हजार कटाएका छन् । एकीकृत समाजवादी निकट युवा संघ नेपालका केन्द्रीय अध्यक्ष शाहीलाई सत्तारुढ गठबन्धनको समर्थन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *