स्याङ्जा २ : धनराजको अग्रता कायम, कस्को कति मत ?
२०७९ मंसिर १७ गते

काठमाडौँ । स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा कांग्रेसका धनराज गुरुङले अग्रता कायम राखेका छन् । गुरुङ ६ हजार ५४ मतले अगाडि छन् ।
गुरुङले २९ हजार ३३ मत प्राप्त गर्दा एमाले उम्मेदवार पद्मा अर्यालले २२ हजार ९७९ मत ल्याएकी छन् । ।
तेस्रो राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ७१३ मत ल्याएका छन् ।
यसैगरी, प्रदेशसभा ख तर्फ स्याङ्जा क्षेत्र नं २ (ख) मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराईले अग्रता लिइरहेका छन्।
उनले १६ हजार ६९० मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बुद्धिमान श्रेष्ठले १३ हजार ४६१ मत पाएका छन्।
२०७९ मंसिर १७ गते
प्रतिक्रिया
सम्बन्धित








