प्रदेश १ एमाले भन्छ : ‘हामी सरकार बनाउछौँ’

विराटनगर । प्रदेश १ मा दलहरु कसको नेतृत्वमा सरकार बनाउने भन्ने जोड घटाउमा जुटेका छन् । समानुपातिकबाट आएको नामको आधारमा सरकार बनाउन कसलाई सजिलो हुने भन्ने स्पष्ट खाका आउने छ। निर्वाचन आयोगले अहिलेसम्म कुन दलको कति सांसद संख्या भन्ने एकिन गरेर अन्तिम परिणाम सार्बजनिक गरिसकेको छैन ।

९३ जना सांसद हुने प्रदेश १ को प्रदेश सभामा ५६ जना प्रत्यक्ष निर्वाचित भएर आएका छन् । निर्वाचित भएर आएका सांसदको आधारमा समानुपातिकमा कुन क्लष्टरबाट कुन सांसद आउने भन्ने निक्र्यौल गर्छ ।

त्यसैको आधारमा बन्द सुचिमा भएका नामहरुलाई प्राथमिकताको आधारमा सांसदमा निर्वाचन आयोगले निर्वाचित घोषणा गर्दछ । प्रत्यक्षमा सबैभन्दा बढी २५ सिट ल्याएर एमाले पहिलो पार्टी बनेको छ भने नेपाली कांग्रेस १७ सिट ल्याएर दोश्रो, नेकपा माओवादी केन्द्र सिट सहित तेश्रो, नेकपा एकिकृत समाजवादी ३ सिट सहित चौथो र राष्ट्रिय प्रजातन्त्र पार्टी २ सिट सहित पाँचौँ स्थानमा छन् ।

नेकपा एमालेका प्रदेशका अध्यक्ष तुलसी नेउपानेले एमालेको नेतृत्वमा प्रदेश सरकार बन्ने बताएका छन् । समानुपातिक तर्फको मत गणना भईसकेको अबस्थामा समानुपाति र प्रत्यक्ष दुबैमा एमाले पहिलो पार्टी भएकोले सकारकारको नेतृत्व पनि एमालेले लिनु पर्ने बताए ।

नेकपा एमालेले प्रत्यक्षमा २५ सिट जितेको छ। समानुपातिकमा १४ सिट पाउने ग्यारेन्टी भएको र थप एउटा सिट गरि १५ सिट आउन सक्ने आशा एमालेले गरेको छ। निर्वाचन आयोगले मतको अन्तिम निर्णय सार्बजनिक नगर्दासम्म यति नै भन्न सक्ने अबस्थामा एमाले देखिएको छैन । अहिलेसम्म एमाले ४० सिट आफ्नो हुने दाबीमा एमाले देखिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *