प्रदेश १ मा समानुपातिकबाट को-को सांसद बन्दैछन् ? (नालीबेली)

एमाले भन्छ, सरकार हामी बनाउछौँ

विराटनगर । प्रदेश १ मा दलहरु कसको नेतृत्वमा सरकार बनाउने भन्ने जोड घटाउमा जुटेका छन् । समानुपातिकबाट आएको नामको आधारमा सरकार बनाउन कसलाई सजिलो हुने भन्ने स्पष्ट खाका आउने छ। निर्वाचन आयोगले अहिलेसम्म कुन दलको कति सांसद संख्या भन्ने एकिन गरेर अन्तिम परिणाम सार्बजनिक गरिसकेको छैन । ९३ जना सांसद हुने प्रदेश १ को प्रदेश सभामा ५६ जना प्रत्यक्ष निर्वाचित भएर आएका छन् । निर्वाचित भएर आएका सांसदको आधारमा समानुपातिकमा कुन क्लष्टरबाट कुन सांसद आउने भन्ने निक्र्यौल गर्छ । त्यसैको आधारमा बन्द सुचिमा भएका नामहरुलाई प्राथमिकताको आधारमा सांसदमा निर्वाचन आयोगले निर्वाचित घोषणा गर्दछ । प्रत्यक्षमा सबैभन्दा बढी २५ सिट ल्याएर एमाले पहिलो पार्टी बनेको छ भने नेपाली कांग्रेस १७ सिट ल्याएर दोश्रो, नेकपा माओवादी केन्द्र ९ सिट सहित तेश्रो, नेकपा एकिकृत समाजवादी ३ सिट सहित चौथो र राष्ट्रिय प्रजातन्त्र पार्टी २ सिट सहित पाँचौँ स्थानमा छन् ।
बन्द सुचीबाट यी सांसद बन्दै

समानुपातिकमा पछिल्लो मत परिणाम अनुसार स्पष्ट रुपमा एमालेले १४ सिट पाउने भनिएको छ । त्यसमा एक सिट माथि पर्न सक्ने भनिएको छ। १४ सिटलाई आधार मान्दा १ जना खस आर्य पुरुषमा किशोरकुमार अधिकारी पर्ने देखिएको छ। त्यस्तै १३ जना महिला मध्ये ६ जना आदिवासी जनजाती महिला, ४ जना खस आर्य महिला, मधेशी, दलित र थारुमा एक–एक जना महिला समानुपातिकबाट पर्ने देखिन्छ । निर्वाचन आयोगले सार्बजनिक गरेको समानुपातिक बन्द सुचीको अन्तिम नामावली अनुसार आदिवासी जनजाती महिला तर्फ उदयपुरकी सिर्जना दनुवार, झापाकी कमला थापा मगर, सुनसरीकी मिना श्रेष्ठ, भोजपुरकी सिर्जना राई र मोरङकी मालती कुमारी लिम्बु छन् । त्यस्तै ४ जना खस आर्य महिला मध्ये मोरङकी शिला दिक्षित कार्की, झापाकी तारादेबी ढकाल, सुनसरीकी मिरादेबी खनाल र उदयपुरकी गितादेवी रेग्मी पर्ने देखिन्छ । दलित महिला तर्फ कमलादेवी दर्नाल तेह्रथुम, मधेशी महिलामा गितारानी महतोे झापा र थारु क्लष्टरबाट ललिताकुमारी चौधरी मोरङका छन् ।

कांग्रेसका १२ जना
नेपाली काग्रेसले समानुपातिकमा १२ वटा सिट पाउँदा २ पुरुष र १० जना महिला पाउनेछ । जसमा ६ जना आदिवासी जनजाती महिला, ३ जना खस आर्य महिला, एक–एक जना दलित, मधेशी र थारु महिलालाई सांसद बनाउने छ। खसआर्य पुरुषमा झापाका उद्धव थापा र मोहन महर्जन पर्न मध्ये दुबै वा एक जना पर्न सक्छन् । आदिवासी जनजाती महिला तर्फ पाँचथरकी मैया श्रेष्ठ, सोलुखुम्बुकी डोल्मा तामाङ, उदयपुरकी लिलाकुमारी राई, सुनसरीकी ममता मगर तामाङ, मोरङकी शोभा चेम्जोङ पालुङ्वा पर्न सक्नेछन् । खसआर्य महिलामा धनकुटाकी ईन्दीरा थापा, ईलामकी खगेश्वरी पौडेल, धनकुटाकी सुमना तिम्सिना पर्ने देखिन्छ । थारु क्लष्टरबाट सुनिता गच्छदार चौधरी सुनसरी, दलित महिला तर्फ पम्फादेबी विश्वकर्मा झापाका छन् । मधेशी महिलामा लक्ष्मीकुमारी ठाकुर सुनसरीबाट पर्ने देखिएको छ ।

माओवादीका चार महिला सांस बन्न्ने
नेपाल कम्युनिष्टपार्टी माओवादी केन्द्रले ४ जना सांसद समानुपातिमा पर्नेछन् । जसमा दुईजना जनजाती महिला, एक खस आर्य र एक दलितको प्रतिनिधित्व गराउनु पर्ने छ। निर्वाचन आयोगमा बुझाएको बन्द सुची अनुसार आदिवासी जनजाती कोटामा झापाकी बन्दना झाँगर र उदयपुरकी सम्झना थाम्सोहाङ, खसआर्यको पहिलो नम्बरमा रहेकी मोरङकी गिता तिम्सिना र दलित तर्फ पहिलो नम्बरमा रहेकी सुनसरीकी सपना परियार छन् ।

राप्रपामा चार सिट
प्रदेश १ मा प्रत्यक्षमा २ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिमा ४ जना सांसद पाउने देखिन्छ । जसमा १ महिला र ३ पुरुष हुन सक्छन् । दुईजना आदिवासी जनजाती, एक खसआर्य र एक दलित हुने देखिन्छ । दुई पुरुष पर्दा प्रेमराज थाम्सोहाङ पाँचथर, आङ्गेल्बु शेर्पा सोलुखुम्बु, पुरुष खसआर्यमा अम्बरबहादुर विष्ट र दलितमा भिमकुमारी घतानी पर्नसक्ने देखिन्छ । यसमा निर्वाचन आयोगले गर्ने निर्णयमा भर पर्नेछ ।

प्रदेश १ मा जनता समाजवादी पार्टी र नेकपा एकिकृत समाजवादीले एक÷एक जना पाउँदा दुबैले महिला जनजातीलाई समाबेश गराउनु पर्ने छ । एकिकृत समाजवादीले निर्वाचन आयोगको बन्द सुचिमा पेश गरेका नाम अनुसार मोरङकी विद्या चाम्लिङ राईको नाम पहिलो नम्बरमा छ । जनता समाजवादी पार्टीले ताप्लेजुङकी निर्मला लिम्बुको नाम पहिलो नम्बरमा राखेको छ भने भने दोश्रो नम्बरमा मोरङकी कुन्ता राई लावतीको नाम छ । यीनै नाम मध्ये सांसद हुने बताईएको छ। एमालेको १५ सिट पुगेको अबस्थामा जसपाले एउटा मात्र सांसद पाउने छ भने एमाले १४ सांसदमा सिमित रहेको अबस्थामा जसपाले दुई सांसदसम्म पाउने देखिन्छ ।

एमाले भन्छ्, हामी सरकार बनाउछौँ
नेकपा एमालेका प्रदेश १ का अध्यक्ष तुलसी नेउपानेले एमालेको नेतृत्वमा प्रदेश सरकार बन्ने बताएका छन् । समानुपातिक तर्फको मत गणना भईसकेको अबस्थामा समानुपाति र प्रत्यक्ष दुबैमा एमाले पहिलो पार्टी भएकोले सकारकारको नेतृत्व पनि एमालेले लिनु पर्ने बताए । नेकपा एमालेले प्रत्यक्षमा २५ सिट जितेको छ। समानुपातिकमा १४ सिट पाउने ग्यारेन्टी भएको र थप एउटा सिट गरि १५ सिट आउन सक्ने आशा एमालेले गरेको छ। निर्वाचन आयोगले मतको अन्तिम निर्णय सार्बजनिक नगर्दासम्म यति नै भन्न सक्ने अबस्थामा एमाले देखिएको छैन । अहिलेसम्म एमाले ४० सिट आफ्नो हुने दाबीमा एमाले देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *