गोरखामा पृथ्वीनारायण शाहकालीन परेड खेलाइने

पोखरा । गोरखामा पृथ्वी नारायण शाह कालीन परेड खेलाइने भएको छ । राष्ट्रिय एकता दिवसको दिन पुस २७ गते जिल्लामा पृथ्वीनारायण शाहकालीन फौज तयार गरेर सोही फौजको परेड आरम्भ गरिने गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले जानकारी दिए । सोही दिनदेखि हरेक दिन परेड सञ्चालन हुनेछ ।

पर्यटकलाई आकर्षित गर्नका लागि उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको रानाले बताए । यस्तै, छेपेटारमा कृत्रिम ताल निर्माण गरी नैका सयर, माछा मार्ने, वरपर होटल तथा रेष्टुराँहरुको सञ्चालन लगायतका कार्यक्रम पनि उनले अघि सारेका छन् ।

‘आर्थिक र पर्यटनका हिसाबले गोरखा जिल्लालाई हामी अगाडि बढाउन चाहन्छौँ,’ उनले भने, ‘गोरखा जिल्लाको मुख्य सम्भावना पुरातात्त्विक पर्यटन हो ।’ त्यसैका लागि गोरखा बजारका होटल व्यवसायीलाई १ साता लामो कुकिङ तालिम दिइएको छ । पुस २७ गते गोरखा नगरपालिका सहित सरोकारवाला संघ संस्थाहरूले विशेष कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउन लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *