समानुपातिकतर्फको गणना : १ करोड ४ लाख सदर मतमा कसले कति पाए ? (सूचीसहित)

काठमाडाैँ । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ ।

बिहान ८ बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) अग्रस्थानमा कायमै छ । एमालेले २७ लाख ८३ हजार ८५ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ५२ हजार २९३ मत ल्याएको छ ।

नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ । माओवादी केन्द्रले ११ लाख ६१ हजार ८७८ मत पाएको छ । यस्तै, ११ लाख २२ हजार ९६६ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ लाख ८६ हजार २५१ मतसहित पाँचौँ, जनता समाजवादी पार्टी (जसपा) ४ लाख २० हजार ९४२ मत पाउँदै छौटौँ स्थानमा छ ।

जनमत पार्टी ३ लाख ९४ हजार ३८४ मतसहित सातौँ, नेकपा (एकीकृत समाजवादी) २ लाख ९४ हजार ९३ मतसहित आठौँ, नागरिक उन्मुक्ति पार्टी ३ लाख ७१ हजार ६५८ मत पाउँदै नवौँ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १ लाख ६७ हजार २७९ मतसहित दशौँ स्थानमा छ ।

  • हेर्नुहोस् कुन दलले कति मत पाए ?

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
२७,८३,०८५

नेपाली काँग्रेस
२६,५२,२९३

एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी)
११,६१,८७८

राष्ट्रिय स्वतन्त्र पार्टी
११,२२,९६६

राष्ट्रिय प्रजातन्त्र पार्टी
५,८६,२५१

जनता समाजवादी पार्टी, नेपाल
४,२०,९४२

जनमत पार्टी
३,९४,३८४

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
२,९४,०९३

नागरिक उन्मुक्ति पार्टी
२,७१,६५८

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,६७,२७९

नेपाल मजदुर किसान पार्टी
७५,०४९

हाम्रो नेपाली पार्टी
५५,६०८

मंगोल नेशनल अर्गनाइजेशन
४८,६३८

राष्ट्रिय जनमोर्चा
४६,३७३

नेपाल संघीय समाजवादी पार्टी
४१,८०६

नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी)
३०,४१७

राष्ट्रिय जनमुक्ति पार्टी
२३,९१०

जनता प्रगतिशिल पार्टी, नेपाल
१८,०४८

एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी )
१७,८३२

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१७,७९७

बहुजन एकता पार्टी नेपाल
१७,०६४

नेपाली काँग्रेस (बी.पी.)
१२,४७६

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१२,२६४

नेपाली जनता दल
९,९७१

बहुजन शक्ति पार्टी
९,४३५

नेपालका लागि नेपाली पार्टी
८,३९८

नेपाल कम्युनिष्ट पार्टी
७,९९७

नेपाल लोकतान्त्रिक पार्टी
७,६९२

नेपाल जनता पार्टी
७,५०६

नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
७,३७८

मितेरी पार्टी नेपाल
७,०४२

जनजागरण पार्टी नेपाल
६,५३५

आमूल परिवर्तन मसिहा पार्टी नेपाल
६,४०६

तराई मधेश लोकतान्त्रिक पार्टी
५,९६७

जनसमाजवादी पार्टी, नेपाल
५,८६८

एकल चिन्ह गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टी )
५,७८१

पिछडावर्ग निषाद दलित जनजाति पार्टी
५,१००

विवेकशील साझा पार्टी
४,०३६

एकीकृत शक्ति नेपाल
३,७६९

नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
३,६९४

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
३,४०४

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
३,३३१

मौलिक जरोकिलो पार्टी
३,२२३

नेपाल समावेशी पार्टी
२,९५१

नेपाल कम्युनिष्ट पार्टी परिवर्तन
२,१९१

राष्ट्रिय नागरिक पार्टी
२,१४१

नेश्‍नलिष्ट पिपल्स पार्टी
२,०१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *