दोलखा : संघ र प्रदेश दुबैमा सत्ता गठबन्धनको अग्रता कायमै

काठमाडाैँ । एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको दोलखामा सत्ता गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभाका सबै क्षेत्रमा अग्रता बनाएको छ ।

प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता कायमै राख्दा प्रदेशमा पनि कांग्रेसकै उम्मेदवारले अग्रता लिएका छन् । निर्वाचन आयोगका अनुसार गणना भएको १७२७२ मत मध्ये कार्कीले ७ हजार ९९५ मत ल्याएका छन् । यहाँ नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ७ सय २९५ मत ल्याएर अग्रता छोट्याइरहेका छन् ।

यस्तै प्रदेश सभातर्फ दुबैमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् । प्रदेश १ तर्फ नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्लेले ७६६५ मत पाएका छन् भने नेकपा एमालेले नरबहादुर श्रेष्ठले ६६६९ मत ल्याएका छन् । यहाँ १६२८६ गणनामा राप्रपाका रामबहादुर तामाङले ७५० मत पाएका छन् ।

प्रदेश २ को प्रत्यक्षतर्फ पनि नेपाली कांग्रेसले अग्रता लिएको छ । यहाँ कांग्रेसका बर्मा लामाले ८३०५ मत ल्याएका छन् भने एमालेका उम्मेदवार भरतबहादुर केसीले ८२५५ मत ल्याएका छन्। १८२०५ गणनामा राप्रपाका राजनबहादुर सिवाकोटीले ३४७ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 15 =