संघमा जितेका एमालेका थापालाई प्रदेशमा कांग्रेसका शाहीले पराजित गरे

काठमाडाैँ । बाजुराबाट प्रदेश सभामा नेपाली कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन् । प्रदेश सभा (ख) बाट शाही २० हजार ११९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापाले १७ हजार ५२१ मत प्राप्त गरे ।

थापा एमालेको तर्फबाट निवर्तमान संघीय सांसदसमेत हुन् । स्वतन्त्र उम्मेदवार जनक बहादुर रावलले १५५ र राप्रपाका उम्मेदवार हिमाल बहादुर शाहीले १२२ मत पाए । ८३४ मत बदर भएको छ ।

प्रदेश सभा (क)१ मा भने नेकपा एकीकृत समाजवादीका नरेशबहादुर शाही शनिबार नै विजयी भइसकेका छन् । शाहीले १० हजार ९७३ मत पाएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बलदेव रेग्मीले ८ हजार ६३२ मत पाए ।

प्रतिनिधि सभामा नेपाली कांग्रेसका बद्री पाण्डेको अग्रता कायम छ । पाण्डेले २६ हजार ९८६ मत पाउँदा नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २३ हजार २०८ मत पाएका छन् । उनीहरुबीच ३ हजार ७७८ मतको अन्तर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *