तीन क्षेत्रमा मतगणना जारी, कहाँ कसको अग्रता ?

काठमाडाैँ । बाजुरा, दोलखा र स्याङ्जा–२ मा भइरहेको मतगणनामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

प्रतिनिधि सभातर्फ स्याङ्जाको क्षेत्र नम्बर–२ मा कांग्रेसका धनराज गुरुङले २२ हजार ४६० र एमालेकी पद्या अर्यालले २० हजार २६७ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ३२ मत ल्याएका छन् ।

बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले ११ हजार ७६ मत ल्याए छ भने नेकपा एमालेका कर्ण थापाको ८ हजार ८ सय ५२ मत छ ।

दोलखामा माओवादी केन्द्रका गङ्गाबहादुर कार्की ७ हजार ९९५ मतसहित अग्रस्थानमा छन् भने एमालेका बालकृष्ण सिवाकोटीले ७ हजार २९५ मत प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *