बाजुरामा मतगणना पुनः सुरु

काठमाडौँ । बाजुरामा मतगणना पुनः सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार रोकिएको प्रतिनिधि र प्रदेश सभा दुवैतर्फको मत गणना सुरु भएको हो।

मतदान अधिकृतले जे मुचुल्का बनाएका छन, सोही अनुसार नया मुचुल्का बनाएर मत गणना अगाडि बढाउने सहमती भएपछि पुन: सुरु भएको त्याहाँबाट उज्जवल शाहीले बताएका छन् । उनका अनुसार हाल मतगणना भइरहेको छ ।

मुचुल्का भन्दा बढी मत भेटिएपछि विवाद हुँदा बिहानदेखि बाजुरामा मत गणना रोकिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *