भारतीय नागरिकमाथि कपिलवस्तुमा गोली प्रहार

रुपन्देही । कपिलवस्तुमा एक जना भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खानमाथि मायादेवी गाउँपालिका ४ चाकरचौडा बजारमा २ गोली प्रहार भएको हो ।

भारतीय नागरिक खानमाथि काँध र कम्मरमा गरी दुई गोली लागेको कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले बताए । गोली लागेर घाइते भएका उनलाई उपचारको लागि भारतको गोरखपुर मेडिकल कलेज पुर्याइएको बताइएको छ ।

गोली हान्ने व्यक्तिको पहिचान भएको छैन । भारतीय प्रहरीसँगको समन्वयमा गोली हान्ने व्यक्तिको खोजी र अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *