बाजुराको प्रदेश सभा (क) नेकपा एसका नरेश शाही दोब्बरले अघि

काठमाडाैँ । बाजुराको प्रदेश सभा निर्वाचन क्षेत्र (क) मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार नरेशकुमार शाहीले अग्रता लिएका छन् ।

शाहीले २ हजार ६ सय ६४ मत ल्याएका छन् । यहाँ नेकपा एमालेका उम्मेदवार बलदेव रेग्मी पछि परेका छन् । रेग्मीले १ हजार १ सय २७ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विश्वकर्माले दुई सय ५३ मत ल्याएका छन् ।

प्रदेश सभा (ख) मा नेकपा एमालेका उम्मेदवार लालबहादुर थापा अघि छन् ।  उनले १ हजार तीन सय ५२ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार पदमबहादुर शाही पछि परेका छन् । शाहीले एक हजार २ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *