जीपको ब्रेक फेल हुँदा दुर्घटना : चार जनाको मृत्यु, आठ घाइते

काठमाडौँ । नवलपरासी पूर्वको धौवादीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४-००१ ज-०००६ नम्बरको जप्प हुप्सेकोट गाउँपालिका-५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा बुलिङटार गाउँपालिका-६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार-५ राइकोटकी ६७ वर्षीया मनसभा बराल, बौदीकाली गाउँपालिका-२ की २८ वर्षीया केसरी दराई र ५८ वर्षीय यामबहादुर ठाडा रहेका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिएका छन् ।

दुर्घटनामा परी घाइते भएका आठ जनाको चितवनमा उपचार भइरहेको छ । घाइते हुनेमा चालक दुर्गाबहादुर विरकट्टा, फूलमाया कुमाल, सुनिता रानाभाट, निश्चल रानाभाट, खेमचन्द्र दरई, सजन दरई, सुना सुनार र उत्तम क्षेत्री छन् । जीपको ब्रेक फेल भएर भित्तामा ठोक्किएर सडकबाट करिब तीन सय मिटर तल खसेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *