दोलखामा माओवादीका कार्कीको अग्रता, शिवाकोटी १४ सय मतले पछाडि

काठमाडाैँ । दोलखाको मतगणना भइरहेको छ । रातिबाट शुरु भएको त्यहाँको मतगणना अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले शुरुवाती अग्रता लिएकी छन् ।

अहिलेसम्म ३,६४३ मतगणना भइसकेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन् । जसमध्ये सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादीका कार्कीले २,३३९ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ९३२ मत प्राप्त गरेको श्रेष्ठले जानकारी दिए । उनीहरुबीचको १४ सय ७ मतको अन्तर छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले ११८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजय खड्काले ३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै, प्रदेशसभा क्षेत्र नम्बर १ को ३ हजार १ सय १७ गणना हुँदा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य कुन्दराज काफ्लेले एक हजार ६ सय ६३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमाले उम्मेदवार नरबहादुर श्रेष्ठले एक हजार ५४ मत प्राप्त गरेका छन् । काफ्ले र श्रेष्ठ बिचको मतान्तर ६ सय नौ देखिएको छ ।

प्रदेश २ क्षेत्रको तीन हजार ६ सय ५६ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसीले एक हजार ८ सय ६ मत प्राप्त गरेका छन् भने वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार दोलखा कांग्रेसका सभापति वर्मा लामाले एक हजार पाँच सय दुई मत प्राप्त गरेका छन् । हाल गौरीशंकर र शैलुङ गाउँपालिकाको मतगणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *