स्याङ्जा २ : अघिअघि धनराज पछिपछि पद्मा

काठमाडौँ । स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले निरन्तर अगाडि छन् । उनलाई एमाले उम्मेदवार पद्मा अर्यालले पछ्याइ रहेकी छन् ।

गुरुङले ६ हजार ६५ मत पाएका छन् भने एमाले उम्मेदवार अर्यालले ४ हजार ७६५ मत पाएकी छन् ।

गुरुङ र अर्यालबीचको मतान्तर १ हजार ३०० छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १ हजार ५७५ मत पाएका छन् ।

नेकपा एमालेले धाँधली भएको भन्दै पुन मतदान माग गरेपछि यहाँ १२ दिन मतगणना रोकिएको थियो । निर्वाचन आयोगले पुन मतदान नगर्ने निर्णय गरेपछि बुधबार रातिदेखि मात्र मतगणना सुरु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *