स्याङ्जा-२
अग्रता बढाउँदै धनराज, ११३५ मतले पछि परिन् पद्मा

२०७९ मंसिर १५ गते

काठमाडौँ । स्याङ्जा-२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् । सुरुआतीदेखि पछि रहेको उनले पछिल्लो मतपरिणामसँगै अग्रता कायम राखेको हो ।
गुरुङले ४ हजार ५९० मत प्राप्त गर्दा एमालेकी पद्मा अर्यालले ३ हजार ४५५ मत प्राप्त गरेकी छन् । प्रदेश सभा (क)अन्तर्गत गल्याङ ६,७ तथा भीरकोट ५,६,७ ,८ ९ गणना सम्पन्न भएको छ । अहिले गुरुङ अर्यालभन्दा १ हजार १३५ मतले अगाडि छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १ हजार २१ मत प्राप्त गरेका छन् । प्रदेश (क)मा कांग्रेसका भोजराज अर्याल ४ हजार ८१४ मतका साग अगाडि छन् भने एमालेका मोहन रेग्मी ३ हजार ८३४ मतले पच्छ्याइरहेका छन् । त्यहाँ ९८० मतको अन्तर छ ।

२०७९ मंसिर १५ गते
प्रतिक्रिया
सम्बन्धित