सुनसरी ४ : कार्की ८४ मतले अघि, १ सय ५८ मत गणना हुन बाँकी

काठमाडौँ । सुनसरी क्षेत्र नम्बरको ४ मा ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायम गरेका छन् । मतगणना अन्तिम चरणमा पुगेको सुनसरी–४ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की जितनजिक पुगेका छन्।

पछिल्लो मत परिणाम अनुसार कार्की ८४ मतले अघि लागेका छन्। अब यहाँ १ सय ५८ मत गणना हुन बाँकी छ।

सुरुदेखि नै नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा चलिरहेको छ। यहाँ दुई दिन रोकिएर पुनः मतगणना सुरु भएको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *