पछि परिन् पद्मा अर्याल, धनराज गुरूङलाई ६५४ मतको अग्रता

काठमाडौं । स्याङ्जा २ मा पछिल्लो मत गणनामा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता बनाएका छन् । सुरुआतीदेखि पछि रहेको उनले पछिल्लो मतपरिणामसँगै अग्रता बनाएका हुन् ।

गुरुङले ३९०१ मत प्राप्त गर्दा एमालेकी पद्मा अर्यालले ३२४७ मत प्राप्त गरेकी छन् । अहिलेसम्म गल्याङ नगरपालिकाको ६ र ७ नम्बर वडा तथा भीरकोट नगरपालिकाको ५, ६, ७ र ८ नम्बर वडाको मत गणना भइरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७६१ मत प्राप्त गरेका छन् । अहिलेसम्म ८४६५ मत गणना भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *