स्याङ्जा २ : राति ९ बजेदेखि मतगणना सुरू हुने

काठमाडौँ । स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ मा रोकिएको मतगणना राती ९ बजेदेखि सुरु गर्ने निर्णय भएको छ ।

मतगणना गर्न निर्वाचन आयोगले दिएको निर्देशनपछि बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।

बुथ कब्जा भएको भन्दै नेकपा एमालेले पुन मतदानको माग गरेका थियो भने मत गणना गर्नुपर्ने भन्दै कांग्रेस धर्नामा समेत बसेको थियो ।

यो क्षेत्रमा नेकपा एमालेका सचिव पद्मा अर्याल, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र रास्वपाका टिकराज गुरुङबीच मुख्य प्रतिस्पर्धा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *