३५ औँ विश्व एड्स दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन (तस्बिरहरु)
२०७९ मंसिर १४ गते

काठमाडौँ । नेपाल सरकार, स्वास्थ तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले बुधबार माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको छ ।
विश्व एड्स दिवस डिसेम्बर १ को पूर्वसन्ध्यामा बुधबार साँझ एचआईभी तथा एड्स महासंघ नेपाल, सेभ द चिल्ड्रेन नेपाल, डब्लुएचओलयागतका संस्थाहरुको सहकार्यमा केन्द्रले काठमाडौँको माइतीघरमा दीप प्रज्वलन गरेको हो ।
एचआईभी एड्सका कारण विश्वभर मृत्युवरण गरेका सबैको आत्माको चीरशान्तीको कामना गर्दै दीप प्रज्वलन गरिएको केन्द्रले जनाएको छ ।
तस्बिरहरू
२०७९ मंसिर १४ गते
प्रतिक्रिया
सम्बन्धित