कर्णाली प्रदेश सरकारको बजेट खर्च : ४ महिनामा जम्मा साढे ७ प्रतिशत

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिकमा कुल बजेटको ७.६७ प्रतिशत मात्रै बजेट खर्च गरेको छ ।

प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि कुल ३२ अर्ब ६१ करोड ६१ लाख ६२ हजार बजेट ल्याएकोमा पहिलो चौमासिकमा दुई अर्ब ५० करोड २ लाख २ हजार १०३ रुपैँया मात्रै खर्च भएको हो ।

चालुतर्फ १३ अर्ब १८ करोड ५६ लाख ३८ हजार वजेट विनियोजन गरिएकोमा १ अर्ब ४६ करोड ३६ लाख ६३ हजार ६०५ अर्थात् ११ दशमलव दश प्रतिशत बजेट खर्च भएको हो । यस्तै, पुँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार विनियोजन भएकोमा उक्त बजेटको पाँच दशमलव अर्थात् ३३ प्रतिशत मात्रै खर्च भएको छ ।

पुँजीगततर्फ १ अर्ब ३ करोड ६५ लाख ३८ हजार ४९९ रुपैयाँ खर्च भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *