लिङदेनले एकैदिन गरे तीन पुलको शिलान्यास

विराटनगर । झापा क्षेत्र नम्बर ३ वाट नव निर्वाचित सांसद राजेन्द्र लिङ्देनले एकैदिन तीनवटा पुलको शिलान्यास गरेको छ । वुधबार एकै दिन तीनवटा पुलको शिलान्यास गरेका हुन् । राप्रपा अध्यक्ष समेत रहेका लिङ्देनले हल्दीवारी गाउँपालिकामा निर्माण हुन लागेको ३ वटा पक्की पुलको शिलान्यास गरेका हुन् ।

४ करोड ६७ लाख ९४ हजार ८ सय ७८ रुपैयाँमा ३ वटा पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको सारा सृष्टि निर्माण सेवा प्रालिले २०८१ मंसिर ५ गते निर्माण सम्पन्न गर्ने सम्झौतामा अनुसारको पुलको शिलान्यास भएको हो ।

यो योजना अनुसार हल्दिवारी वडा नं. १ र ५ जोड्ने भुतेनी खोलामा ४२.७ मिटर लम्बाइको, त्यसैगरी वडा नं. ३ को भुसुडी खोलामा २६.८ मिटर लम्बाइको र भुसुडी खोलाकै अर्को स्थानमा रहेको २६.८ मिटर लम्बाईको पुल निर्माण हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।

गाउँपालिका क्षेत्रभित्रका अन्तिम ३ वटा काठका पुल विस्तापित गर्दै पक्की पुल निर्माणका लागि ठेक्का लगाइसकेको बताउँदै समयसीमाभित्र निर्माण सम्पन्न हुने कुरामा ढुक्क हुन पालिका अध्यक्ष रविन्द्र लिङ्देनले आश्वासन दिए ।

कार्यक्रममा झापा निर्वाचन क्षेत्र नं. ३ (ख) का नव निर्वाचित संसद छवि चुडालको समेत उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *