संभव भएसम्म एमालेको नेतृत्वमा सरकार गठनको पहल गर्छौं : उपाध्यक्ष ज्ञवाली

काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सम्भव भएसम्म एमालेको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने बताएका छन् । अहिलेको मुलुकको आवश्यकता एमाले नेतृत्वको बाम सरकार भएकाले सम्भव भएसम्म एमालेको नेतृत्वमा सरकार गठन पहल गर्ने बताएका हुन् ।

हिमालयन न्युज एजेन्सीसँग कुरा गर्दै उपाध्यक्ष ज्ञवालीले न्युनतम साझा कार्यक्रम बनाएर पाँच बर्ष बामपन्थीले मुलुक सञ्चालन गर्न सवै तयार हुनुपर्ने र यसले मात्रै मुुलुकको संकटलाई पार लगाउने धारणा राखेका थिए । उनले माओवादीलगायत अन्य कम्युनिष्ट पार्टीलाई भाई कांग्रेस नबन्न सुझाव दिँदै भाइ कांग्रेस बने कांग्रेसलाई फाइदा र मुलुकलाई घाटा हुने तर्क गरे ।

ज्ञवालीले बिगतमा भएका तितामिठा कुरालाई बिर्सँदै एमालेसँग सहकार्य गर्न अन्य कम्युनिष्ट पार्टीहरुलाई आह्वान पनि रेका छन् ।

ज्ञवालीले पार्टी नफुटेको भए एमालेको बहुमत वा ठूलो पार्टी बन्न सक्ने निर्वाचनबाट देखिएको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 20 =