प्रत्यक्ष निर्वाचन : प्रदेश १ मा महिला सहभागिता, प्रदेश र प्रतिनिधि सभामा २-२ जना

विराटनगर । प्रदेश १ मा प्रत्यक्षमा चार जना महिला निर्वाचित भएका छन् । प्रतिनिधि सभामा २ जना र प्रदेश सभामा २ जना निर्वाचित भएका हुन् । प्रतिनिधि सभामा निर्वाचित भएका मध्ये सुनसरी क्षेत्र नम्बर ३ की भगवती चौधरी र तेह्रथुमकी सीता गुरुङ प्रत्यक्ष तर्फ निर्वाचित भएका हुन् । तीन पटकसम्म पराजय बेहोरेकी सुनसरी क्षेत्र नम्बर ३ की भगवती चौधरीले तेश्रो पटकमा विजय गच्छदारलाई पराजित गरिन् । ४० हजार ७८८ मत ल्याएकी चौधरीले तेश्रो प्रयासमा निर्वाचित हुन सफल भइन् ।

गच्छदारले ३५ हजार ६ सय मत मात्र प्राप्त गर्न सके । चौधरीबाट पराजित भोगेका गच्छदारले लगातार ६ वटा चुनाव जितेका थिए । चाहे धाँधली गरेर होस् या नागरिकलाई प्रभावमा पारेर नै किन नहोस् चुनावमा हार्नु हुन्न जित्नै पर्छ भन्ने मानशिकतालाई उनले तोडिन् । २०४८ सालदेखि २०७४ सालसम्म १८ पटक मन्त्री बनेका गच्छदारलाई एमालेकी नेतृ भगवती चौधरीले २०७९ सालको निर्वाचनबाट हराउन सफल हुँदै प्रतिनिधि सभाको यात्रा तय गरिन् । चौधरी २०६४ सालको संबिधान सभाको निर्वाचनमा समानुपातिक सुचीमा परेर संविधान सभामा प्रवेश पाएकी थिइन् ।

त्यस्तै तेह्रथुमबाट प्रतिनिधि सभाको लागि चुनाव लडेकी नेपाली कांग्रेसकी नेतृ सिता गुरुङ प्रत्यक्षमा निर्वाचित अर्की महिला हुन् । उनी नेपाली कांग्रेसबाट देशभरीबाट नै प्रत्यक्षमा निर्वाचित एक्की महिला हुन् । उनी १९ हजार ७०७ मत ल्याए निर्वाचित भएकी हुन् । उनले नेकपा एमालेका विजय सुब्बालाई पराजित गरेकी हुन् । गुरुङ संविधान सभा सदस्यमा नेपाली काँग्रेसको तर्फबाट पहाडी जनजाति महिलाको प्रतिनिधित्व गर्दै संविधान सभा सदस्य भएकी थिइन् । १८ वर्षको उमेर देखि नै राजनीतिमा लागेकी उनी महिला शसक्तिकरण र महिलालाई संगठीत गरेकै कारण यो अबस्थामा आएको गुरुङ बताउँछिन ।

प्रदेशमा चुनाव जित्ने महिला
चौधरी र गुरुङ बाहेक प्रदेश सभामा थप २ जना महिला प्रत्यक्षमा निर्वाचित भएका छन् । इलाम क्षेत्र नम्बर १९१० बाट नेपाल कम्युनिष्ट पार्टी  एकिकृत समाजवादीकी खिनु लङ्वा लिम्बु निर्वाचित भइन् । उनले यो सहित दोश्रो पटक प्रत्यक्षमा जितेकी हुन् । पहिलो प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएकी लिम्बु २०७९ सालको निर्वाचनमा एमालेकी शोभा पराजुलीलाई पराजित गराउन सफल भइन् ।

लिम्वुले १३ हजार ३७१ मत ल्याएर निर्वाचित हुँदा एमालेकी पराजुलीले ११ हजार ३९५ मत ल्याईन् । उनले २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसकी देबेन्द्र राईलाई पराजित गरेकी थिईन् । नेकपा एमाले विभाजन पछि उनी २०७८ माघ २३ गते उनी मन्त्री भएकी थिइन् । राप्रपाबाट एक जना महिलाले प्रत्यक्षमा निर्वाचित भएकी छिन् । झापा क्षेत्र नम्बर १९२० बाट सविना बजगाई निर्वाचित भएकी बजगाईँले १३ हजार ६१२ मत ल्याएकी थिइन् । बजगाईले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका श्यामविर लिम्बुलाई पराजित गरेकी हुन् । लिम्बुले १२ हजार २२५ मत प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *