मंसिर अन्तिम साता पोखरामा पर्वतीय महोत्सव हुँदै

पोखरा । पोखरामा यो वर्ष पनि अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव हुने भएको छ । मंसिर २४ र २५ गते सातौँ संस्करणको महोत्सव आयोजना गर्न लागिएको नेपाल पर्वतारोहण संघले जनाएको छ । राष्ट्र संघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवसका रूपमा मनाउँदै आएको छ ।

दुई दिन हुने महोत्सवमा पर्वतीय वातावरण, जैविक विविधता, प्राकृतिक स्रोत लगायतका विशेषमा छलफल र ज्ञान अभिवृद्धिका कार्यक्रम हुने छ । पर्वतीय क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण गर्न स्टल पनि राखिने महोत्सवका मूल आयोजक समिति संयोजक ठाकुरराज पाण्डेले जानकारी दिए ।

सोही अवसरमा धनुषवाण (आर्चरी), छेलोलगायत खेल हुने छ । यसपटक महोत्सवमा स्थानीलाई नै जिम्मेवारी दिएर अपनत्व बोध बनाइने संघका प्रमुख प्रशासकीय अधिकृत तथा महोत्सवका निर्देशक जिनेश सिन्दुकरले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *