उदयपुर १ बाट परराष्ट्र मन्त्री खड्का विजयी

२०७९ मंसिर १३ गते

काठमाडौं । उदयपुर क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नारायण खड्का निर्वाचित भएका छन्। परराष्ट्र मन्त्री समेत रहेका खड्का ३१ हजार २७० मतसहित चौथो पटक सांसद निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मञ्जु चौधरीले २८ हजार ८९१ मत प्राप्त गरेकी छन्।
देशको अधिकांश क्षेत्रको मतपरिणाम आइसक्दा उदयपुर – १ मा भने विवाद भएर पटकपटक मतगणना रोकिँदा नतिजा आउन ढिलाइ भएको हो। निर्वाचित खड्का उदयपुर – १ बाट २०६४ को निर्वाचनयता लगातार विजयी बन्दै आएका छन्।

२०७९ मंसिर १३ गते
प्रतिक्रिया
सम्बन्धित