पाँचथर : प्रतिनिधिसभामा वसन्तकुमार नेम्वाङ विजयी

काठमाडौँ । पाँचथरबाट प्रतिनिधिसभामा वसन्तकुमार नेम्वाङ नै विजयी भएका छन् । नेम्वाङले काँग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई पराजित गर्दै विजयी भएका हुन् ।

यसअघि प्रत्यक्षतर्फको मत गनिसक्दा ४७ मतले नेम्वाङ विजयी भएको भनिएता पनि समानुपातिकमा प्रत्यक्षको मत भेटिएपछि उक्त परिणामलाई अधिकारिक मानिएको थिएन।

हाल पाँचथरमा समानुपातीकको समेत मत गनिसकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालले पाँचथरमा समानुपातिकको बक्सामा प्रतक्क्षमा मत खसेको हुनाले प्रतिनिधिसभा प्रतक्क्षको मतपरिणाम घोषणा गरेको थिएन् ।

समानुपातिकको मतगणना नसकिन्जेल आधिकारिक विजेता घोषणाबाट रोकिएको पाँचथरको मतपरिणाम अहिले सम्पन्न भएको छ ।

पाँचथरको प्रदेशसभामा भने दुवै प्रदेशमा गठबन्धनबाट प्रदेशसभा क मा नेकपा एसबाट कमल जवेगु र प्रदेशसभा ख मा माओवादीका इन्द्रबहादुर आङ्बो विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *