अमेरिकी फ्रिडम पार्टीको जस्तै दुरुस्त घण्टी यहाँ लिएर आए : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डा अमेरिकामो फ्रिडम पार्टीको जस्तो दुरुस्त भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभा सदस्यमा निर्वाचित एमाले अध्यक्ष ओलीको सम्मानमा राष्ट्रिय जनसाँस्कृतिक महासंघले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । रवि लामिछाने नेतृत्वको पार्टीको घण्टी अमेरिकी पार्टीकै जस्तो दुरुस्त भएको भन्दै उनले बताएका हुन् ।

‘संयोग नै होला अमेरिकामा एउटा फ्रिडम पार्टी छ,’ उनले भने, ‘त्यसको चिन्ह घण्टी छ। दुरुस्त आकारको घण्टी यहाँ पनि लिएर आएका छन् ।’

उनले रवि लामिछानेको उक्त पार्टी अस्ति भर्खर जन्मेर यति ठूलो हुनुमा कुनै शक्तिको हात हुन सक्ने आशय व्यक्त गरेका छन् । उनले भने– ‘त्यो अस्तिसम्म स्वाप्पै थियो । अहिले कसरी हुप्प फुल्यो । केही त होला ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *