३६ वर्षपछि धनुषामा दोहोरियो इतिहास, महासेठ दम्पत्तिले एकसाथ जिते चुनाव

जनकपुरधाम । पञ्चायत कालमा धनुषा ‘शेर धनुषा’को उपमा पाएका हेमबहादुर मल्ल अहिले यो संसारमा छैन । उनको निधन १२ वर्ष अगाडी अर्थात् ०६८ मै भइसक्यो । तर अहिले पनि हेमबहादुरको चर्चा समाप्त भएको छैन । चुनाव आयो कि हेमबहादुरको नाम चर्चामा आउँछ ।

यसको मुख्य कारण के हो भने तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हेमबहादुर ०४३ को निर्वाचनमा धनुषाबाट आफूसँगै श्रीमती शारदा मल्ललाई पनि विजयी गराउन सफल भएका थिए । त्यो निर्वाचनमा उनले ९३ हजार १४९ मत ल्याएर राष्ट्रिय पञ्चायत (पञ्चायतकालीन संसद) सदस्यमा विजयी भएर रेकर्ड बनाएका थिए ।

त्यसैले उनलाई धनुषाबासीले ‘शेरे धनुषा’को उपमा दियो । धनुषामा मात्र होइन्, देशभर उनी ‘शेरे धनुषा’ नामले परिचित भए । उनी त्यतिबेला कृषिमन्त्री पनि बनेका थिए । त्यो ०४३ को निर्वाचन यता धनुषाबाट प्रत्यक्षमा कोही दम्पती एकसाथ विजयी भएको थिएन । यो निर्वाचनमा रघुवीर महासेठ र उनकी पत्नी जुली महतो अर्थात् महासेठ दम्पत्ति मल्ल दम्पति जस्तै इतिहास रच्न सफल भएको छ, ०३६ वर्षपछि ।

धनुषा ४ बाट रघुवीर र धनुषा ३ बाट उनकी पत्नी जुली विजयी हासिल गरेकी छन् । उनी दुवैजना एमालेबाटै चुनाव लडेका थिए । जुलीलाई जसपाको समर्थन थियो । रघुवीर अन्य दलको समर्थन बिना सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका सह–महामन्त्री महेन्द्र यादवलाई पराजित गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *