थापाथली सुकुम्बासी क्षेत्रमा आज पनि प्रदर्शन (तस्बिरसहित)

काठमाडाैँ । मंगलबार पनि महानगरले डोजर लगाउने आशंकासहित बिहानैदेखि थापाथली क्षेत्रका भूमिहीनहरु प्रदर्शनमा उत्रिएका छन् ।

उनीहरुले टायर जम्मा गर्दै कालो ब्यानर प्रदर्शन गरी मेयर बालेन्द्रविरुद्ध चर्को नारा लगाइरहेका छन् ।

थापाथली क्षेत्रमा भूमिहीनहरुले कब्जा गरेको जग्गा मंसिर ४ भित्र खाली गराउन बागमती सभ्यता एकीकृत बिकास समितिले सूचना जारी गरेको थियो । सूचना जारी गरेलगत्तै भूमिहीनहरु आन्दोलित भएका थिए ।

निर्वाचन सकिएपछि मंसिर १२ गते बिनासूचना महानगरले बस्तिमा डोजर लिएर गएपछि भूमिहीन र महानगर प्रहरीबिच झडप भएको थियो । घरेलु हतियार लिएर प्रदर्शनमा उत्रिएका भूमिहीनसँगको झडपमा पनि महानगर प्रहरी प्रमुख राजु पाण्डेसहित ३० जना घाइते भएका थिए ।

तस्बिरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *