मधेसका मन्त्री शत्रुधनलाई हराएर एमालेका हरिनारायण विजयी

जनकपुरधाम । धनुषा प्रदेशसभा क्षेत्र नम्बर ४ (२)मा मधेश प्रदेशका मन्त्री शत्रुधन महतोलाई पराउँदै नेकपा एमालेका हरिनारायण महतो विजयी भएका छन् ।

हरिनायणले एक हजार ३४२ मतान्तरले मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधनलाई पराजित गरेका हुन् । नेकपा एसका शत्रुधन सत्ता गठबन्धनको साझा उम्मेदवार थिए ।

निर्वाचित हरिनायणले १७ हजार ३०२ मत पाएका छन् । उनका निकटम प्रतिस्पर्धी शत्रुधन १५ हजार ९६० मत प्राप्त गरेका छन् । हरिनारायण मिथिला नगरपालिकाको पूर्व मेयर हुन् । उनी ०७४ मा एमालेबाटै मेयरमा जितेका थिए ‌।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *