माओवादी किल्ला गण्डकीमा घण्टीले जित्यो माओवादीलाई

पोखरा । माओवादीले जनयुद्ध र जनआन्दोलनका घटनाहरूलाई लिएर गण्डकीलाई आफ्नो किल्ला ठान्छ । गोरखा, म्याग्दी, तनहुँ लगायत जिल्लामा अहिले पनि राम्रो मत सहित माओवादी उम्मेदवार विजयी भएका छन् ।

तर प्रतिनिधि सभाको समानुपातिक मतमा भने माओवादी भन्दा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडी छ । स्याङजा २ को गणना बाँकी हुँदा हालसम्म एमाले पहिलो, कांग्रेस दोस्रो र रास्वपा तेस्रो तथा माओवादी चौंथो पार्टी बनेको छ ।

रास्वपा र माओवादीको स्थानमात्रै तलमाथि छैन, प्राप्त मतमा पनि भारी अन्तर छ । रास्वपाले हालसम्म १ लाख ६६ हजार ७५ मत पाउँदा माओवादीले १ लाख ७ हजार १ सय ३७ मत मात्रै पाएको छ ।

पहिलो बनेको एमालेले ३ लाख ४ सय ६ मत पाउँदा कांग्रेसले २ लाख ८४ हजार ७ सय २१ मत पायो । गण्डकी प्रदेशबाट प्रतिनिधि सभामा ११ वटा पार्टीले १ सय मत पनि कटाएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *