मधेश केन्द्रित पार्टीलाई हिमालपारिबाट पनि भोट !, गण्डकीमा सम्मानजनक

पोखरा । पहाडबाट सञ्चालित राजनीतिक दलहरूले मधेश र तराईमा पनि दबदबा राख्छन् । तर मधेशबाट आह्वान गरिएका दलहरूले पहाडमा खासै प्रभाव पार्दैनन् । त्यसमाथि विद्रोहबाट जन्मिएका दलहरूलाई मत लिन निकै कठिन छ । तर यो चुनाव फरक भयो ।

मधेशबाट उदाएको दुई राजनीतिक पार्टीलाई गण्डकी प्रदेशका मतदाताले राम्रैसँग प्रेम गरे । हिमालपारिका जिल्लाबाट पनि ती दलहरूले मत पाएका छन् । त्यो पनि पहाड केन्द्रित दलको भन्दा बढी । मनाङबाट रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी प्रतिनिधि सभामा छैटौँ भएको छ । एकीकृत समाजवादी पार्टीले १७ मत पाउँदा उन्मुक्ति पार्टीले ५७ मत पायो ।

उक्त पार्टीले प्रदेश सभामा पनि १३ मत पाएको छ । जबकि एकीकृत समाजवादीले १२ मत मात्रै पायो । मनाङका ३ जना मतदाताले सिके राउतको जनमत पार्टीलाई पनि मत दिएका छन् । यहाँ राष्ट्रिय जनमोर्चाले जम्मा २ मत पाएको छ । मुस्ताङमा जनमत पार्टीलाई प्रतिनिधि सभा तर्फ ६ मत पाएको छ भने प्रदेश सभामा ८ र नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभामा ४ तथा प्रदेश सभामा १ मत पाएको छ ।

जनमत पार्टीलाई गोरखाबाट प्रतिनिधि सभामा २ सय ७३ र प्रदेश सभामा ५ सय १५ मत दिएका छन् । लमजुङबाट प्रतिनिधि सभामा ६८ र प्रदेश सभामा १ सय ७५, कास्कीबाट प्रतिनिधि सभामा ५ सय ४२ र प्रदेश सभामा ९ सय २८ मत पाएको छ ।

यस्तै, तनहुँबाट प्रतिनिधि सभा तर्फ २ सय ४८ र प्रदेशसभा तर्फ ५ सय ८, नवलपुरबाट प्रतिनिधि सभामा २ सय ६६ र प्रदेश सभामा ५ सय ४१ मत पायो । म्याग्दीबाट प्रतिनिधि सभामा ५५ र प्रदेश सभामा १ सय ९, बागलुङबाट प्रतिनिधि सभामा ९५ र प्रदेश सभामा २ सय २७ तथा पर्वतबाट प्रतिनिधि सभामा १ सय २४ र प्रदेश सभामा २ सय २४ मत पाएको छ ।

नागरिक उन्मुक्तिले गोरखाबाट प्रतिनिधि सभामा १ सय १८ र प्रदेश सभामा ५ सय ५५ मत पाएको छ । लमजुङबाट प्रतिनिधिसभामा १५ र प्रदेश सभामा १२, कास्कीबाट प्रतिनिधि सभामा ४६ र प्रदेश सभामा ३० मत पायो ।

तनहुँबाट प्रतिनिधि सभामा ६० र प्रदेश सभामा ३४, नवलपुरमा प्रतिनिधि सभा तर्फ १ हजार २ सय ६ र प्रदेश सभा तर्फ १ हजार ६ सय ४६ मत पाएको छ । म्याग्दीबाट प्रतिनिधि सभामा ७ र प्रदेश सभामा ६, बागलुङबाट प्रतिनिधि सभामा १८ र प्रदेश सभामा १२ तथा पर्वतबाट प्रतिनिधि सभामा १६ र प्रदेश सभामा १७ मत पाएको छ । स्याङजाको भने गणना गर्न बाँकी छ ।

गण्डकी प्रदेशभरीबाट समग्रमा जनमत पार्टीले १ हजार ८ सय ९ प्रतिनिधि सभाका लागि र ३ हजार ५ सय ७४ प्रदेश सभाका लागि समानुपातिक मत पाएको छ । नागरिक उन्मुक्ति पार्टीले पनि प्रतिनिधि सभामा १ हजार ५ सय ६४ र प्रदेश सभामा २ हजार ३ सय ४४ मत पायो । जनमत पार्टी प्रदेशको तेह्रौं र उन्मुक्ति पार्टी चौधौं स्थानमा छन् । प्रदेश सभा तर्फ जनमत एघारौं र उन्मुक्ति तेह्रौं स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *