रवि लामिछानेले सार्वजनिक गरे चार दिनमै प्रगति विवरण

काठमाडौं । चितवन-२ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामछानेले चार दिनमै प्रगति विवरण सार्वजनिक गरेका छन् । उनल सामाजिक सञ्जालमार्फत आफू निर्वाचित भएको क्षेत्रमा विद्युत पुग्न बाँकी रहेका स्थानमा अब छिट्टै विद्युत् विस्तार हुने बताएका हुन् ।
सामाजिक सञ्चालमा उनले लेखेका छन् :-
१) मेराे निर्वाचन क्षेत्र चितवन–२ काे इच्छाकामना गाउँपालिकाकाे २, ३, ४, ५, ६ र ७ वडाका विद्युत नपुगेका स्थानमा यही महिनाभित्र क्रमश: टेन्डर आह्वान गरी विद्युत लाइन विस्तार हुने भएकाे छ । आज विद्युत प्रधिकरणका कार्यकारि निर्देशक कुलमान घिसिङज्यूसँग तत्काल विद्युत् लाइन विस्तार गर्न छ्लफल भएकाे छ । अब छिटोभन्दा छिटाे मेराे निर्वाचन क्षेत्रका नागरिकले टुकी बाल्नुपर्ने अवस्थाकाे अन्त्य हुनेछ ।
२) चितवनका किसानले वर्षाैंदेखि भाेगेकाे रासायनिक मलकाे अभाव अन्त्यका लागि आज कृषि सामग्री कम्पनी लिमिटेड पुगेर मल आयातकाे अवस्था, भण्डारण र वितरणकाे अवस्था निरीक्षण गरेको छु । दुवै भेटघाट निकै फलदायी बनेका छन् ।
३) कालिका नगरपालिकाकाे विद्युत नपुगेको पहाडी भेगमा पनि अब तत्काल विद्युत विस्तार हुने छ ।
४) केन्द्रीय राजनीतिको हालको परिस्थितिलाई हामी नजिकबाट नियालिरहेका छौँ । निर्वाचनको पूर्ण नतिजा आएपछि निर्णयमा पुग्छौंँ । हामीलाई जनताले के गर्न भनेर भोट दिएका हुन् भन्ने हेक्का हामीलाई छ, धैर्य गरौँ ।








