एकीकृत समाजवादीका २ केन्द्रीय नेताले दिए राजीनामा

पोखरा । नेकपा एकीकृत समाजवादीका २ जना पूर्व केन्द्रीय कमिटी सदस्यले राजीनामा दिएका छन् । तनहुँकी रेखा थापा बस्याल र चित्र थापाले राजीनामा दिएका हुन् । उनीहरूले केन्द्रीय कमिटीका अध्यक्ष माधव नेपाललाई सम्बोधन गरेर राजीनामा दिएको पत्र सार्वजनिक गरेका छन् ।

‘जुन विचार र मूल्यका लागि नेकपा एस बनेका थियो त्यसको विरुद्धमा गयो । गठबन्धन सरकार बनेपछि तनहुँ जिल्ला लगायत अन्य ठाउँमा पनि अन्य पार्टीका लागि निर्वाचन प्रचार गरिदिनुपर्ने नत्र कारबाही गर्ने निर्देशन आएपछि पार्टीमा बस्नुको कुनै औचित्य छैन,’ पत्रमा भनिएको छ ।

तनहुँका प्रदेशसभा तर्फ ४ वटै क्षेत्रमा एकीकृत समाजवादीका बागी उम्मेदवार थिए । उनीहरूमध्ये २ जनाले फिर्ता लिएपनि २ जनाले फिर्ता लिएका थिएनन् । पार्टीले बागी उम्मेदवार र गठबन्धनको निर्णय विरुद्ध गए कारबाही गर्ने चेतावनी सहितको पत्र जिल्लामा पठाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *