जसपा राष्ट्रिय पार्टी बन्ने पक्का
२०७९ मंसिर १२ गते

काठमाडौँ । जसपा राष्ट्रिय पार्टी बन्ने पक्का भएको छ । निर्वाचन आयोगको तत्कालीन तथ्यांकअनुसार कूल सदर मतको थ्रेसहोल्ड सीमा ३ लाख २० हजार मतलाई मानिएको छ। सो मत जसपाले ल्याउने पक्का छ ।
हालसम्म्मा जसपाले ३ लाख २३ हजार ८ सय ७० समानुपातिक मत प्राप्त गरेको छ । योसँगै अहिलेसम्म ६ पार्टीले राष्ट्रिय दलको मान्यता पाउने पक्का भइसकेको छ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कम्तीमा एउटा सिट जितेर समानुपातिकमा थ्रेसहोल्ड कटाउनले दलले राष्ट्रिय दलको मान्यता पाउने प्रावधान छ।
नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी यसअघि नै राष्ट्रिय दल बन्ने निश्चित भएको छ । उनीहरुले थ्रेसहोल्ड कटाएका छन् ।
२०७९ मंसिर १२ गते
प्रतिक्रिया
सम्बन्धित








