गण्डकीमा नेकपा एस : मनाङमा १२ मत, अधिकांश जिल्लामा १ हजार मत कटेन

पोखरा । निकै बलियो जनाधार दावी गर्ने नेकपा एकीकृत समाजवादीले गण्डकीका अधिकांश जिल्लाबाट १ हजार मत पनि कटाउन सकेको छैन । मनाङमा प्रदेशसभा तर्फ जम्मा १२ मत पाएको छ भने प्रतिनिधि सभामा १७ मत पायो । बलियो ठानिएको तनहुँमा पनि एकीकृत समाजवादी निकै कमजोर देखिएको छ । यहाँ प्रतिनिधि सभा तर्फ १ हजार ३ सय ९४ र प्रदेश सभा तर्फ २ हजार ७१ मत पायो ।

मुस्ताङमा प्रतिनिधि सभाका लागि ५५ मत मात्रै पायो । प्रदेश सभामा भने अप्रत्यासित नतिजा ल्याएको छ । १ हजार ३० भोट ल्याएर तेश्रो दल बनेको छ । गोरखामा प्रतिनिधिसभा तर्फ ५ सय ९६ र प्रदेश सभा तर्फ १ हजार ८३ मत पाएको छ ।

लमजुङमा प्रतिनधि सभा तर्फ ५ सय ८२ र प्रदेश सभा तर्फ १ हजार १ सय ५३ मत पायो । कास्कीमा प्रतिनिधि सभा तर्फ २ हजार ८ सय ७७ र प्रदेश सभा तर्फ ४ हजार १ सय १९ मत पाएको छ । स्याङजा २ को गणना बाँकी छ । गणना सकिएको क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा तर्फ ४ सय ५२ र प्रदेश सभा तर्फ ५ सय ६३ मत ल्याएको छ ।

नवलपुरमा प्रतिनिधि सभाका लागि १ हजार ४ सय १ र प्रदेश सभाका लागि १ हजार ३ सय ५५ मत पायो । म्याग्दीमा जम्मा २ सय ८५ मत प्रतिनिधि सभाको समानुपातिक तर्फ ल्याएको एकीकृत समाजवादीले प्रदेश सभामा पनि ४ सय ८४ मत मात्रै पायो ।

बागलुङमा प्रतिनिधि सभाको लागि ६ सय ४३ र प्रदेश सभाको लागि ८ सय २ मत पाएको छ भने पर्वतमा प्रतिनिधिसभाको लागि ८ सय ६१ र प्रदेश सभाको लागि २ हजार २५ मत पायो ।

समग्रमा गण्डकी प्रदेशबाट प्रतिनिधि सभामा ९ हजार १ सय ६३ मत पाएको एकीकृत समाजवादीले प्रदेश सभामा १४ हजार ६ सय ९७ मत पाएको छ । प्रतिनिधि सभा तर्फ नवौं स्थानमा छ भने प्रदेश सभा तर्फ सातौंमा छ ।

प्रतिनिधि सभा सदस्यका लागि टिकट पाएको एउटा सीटमा गठबन्धनकै सहयोग रहँदा पनि तेश्रो भयो । कास्की २ का उम्मेद्वार श्रीनाथ बराललाई एमालेकी विद्या भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले उछिने, त्यो पनि भारी मतान्तर सहित । प्रदेश सभाको टिकट पाएको नवलपुर २ (ख) का गोपाल प्रसाद खनाल पनि पराजीत भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *