हाम्रो नेपाली पार्टीले गण्डकीको मुख्यमन्त्री घोषणा गरेका केसीले ल्याए ३६ सय मत

पोखरा । हाम्रो नेपाली पार्टीले गण्डकी प्रदेशमा बहुमत चुनाव जित्ने दाबी सहित मुख्यमन्त्रीमा मदनबहादुर केसीलाई अघि सारेको थियो ।

यसअघि लौरो अभियानका रूपमा चर्चित उक्त पार्टीले मुख्यमन्त्री घोषणा गरेका केसीले ३ हजार ६ सय २९ मत मात्रै पाएका छन् ।

कास्की क्षेत्र नम्बर १ (क) बाट उम्मेदवारी दिएका उनले एमालेकै मुख्यमन्त्रीका दाबेदार खगराज अधिकारीसँग प्रतिस्पर्धा गरेका थिए । यहाँ अधिकारी विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका माओवादी नेता दीपक कोइराला ३ हजार ६ सय ९६ मत अन्तरले पराजित भए ।

अधिकारीले १५ हजार ६ सय २३ र कोइरालाले ११ हजार ६ सय २७ मत पाए । हाम्रो नेपाली पार्टीले प्रदेशमा समानुपातिक सहित कम्तीमा ३३ सिट चुनाव जित्ने र एकल सरकार बनाउने दाबी पत्रकार सम्मेलन मार्फत गरेको थियो ।

गण्डकी प्रदेश सभा सदस्यका लागि १२ सिटमा प्रत्यक्ष तर्फ र ११ सिटमा समानुपातिक तर्फ उम्मेदवारी दिएको थियो । त्यसबाहेक स्वतन्त्र उम्मेदवारहरुलाई पनि आफ्नो समर्थन रहने उक्त पार्टीका प्रवक्ता हरि कार्कीले बताएका थिए ।

यहाँ हाम्रो नेपाली पार्टीले समानुपातिक तर्फ पनि जम्मा १८ हजार ४ सय ६६ मत पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *