नयाँ सरकार बनाउने रस्साकस्सी सुरु, नेतालाई भेट्न भारतीय राजदूतको दौडधुप

काठमाडौँ । नेपालमा आम निर्वाचनको सम्पूर्ण मत परिणाम आइसक्न अझै केही दिन लाग्ने देखिएको छ । तर, प्रतिनिधि सभा र प्रदेश सभा निर्वानको प्रत्यक्षतर्फको नतिजा करिब सार्वजनिक भइसक्न लागेको छ । यस्तो अवस्थामा नेपाली कांग्रेस नै पहिलो दल बन्ने देखिएको पहिलो दलको हिसाबले कांग्रेसले बहुमत पुर्याएर सरकार बनाउन पाउँछ । हाल सत्तामा रहेका दलहरुलाई आफैँसँग राखिरहने हो भने पनि चुनावपछिको नयाँ सरकार नेपाली कांग्रेसकै नेतृत्वमा बन्न सक्छ । तर, सत्ता समिकरणको अनेक जोड खटाउन, नाफा नोक्सान र विदेशी दबाबले पनि नेपालमा सरकार बनाउन र भत्काउन भूमिका खेल्ने गरेको छ ।

यस्तो परिवेशमा दोस्रो दल नेकपा एमालेले माओवादी र केही साना दल तथा स्वतन्त्र सांसदलाई आकर्षित गर्न सक्यो र आफूसँग जोड्न सक्यो भने एमालेकै नेतृत्वमा पनि सरकार बन्न सक्ने हुन्छ । एमाले दोस्रो दल बनेपछि कांग्रेस भन्दा धेरै सानो नहुने भएकोले पनि नेकपा एमालेले सरकार बनाउन सक्ने देखिन्छ ।

निर्वाचनअघि देखि नै एकठाउँमा रहेका सरकार चलाएका नेपाली कांग्रेसले एमालेलाई आफूसँगै राख्ने संकेत गरेको छ । तर, माओवादीले भने गठबन्धन गरेर निर्वाचनमा जाँदा कांग्रेसले आफूमाथि घात गरेको अर्थात् गठबन्धनभित्र अन्तरघात भएको आशयको अभिव्यक्ति सार्वजनिक गर्न थालिसकेको छ । अर्कोतर्फ एमालेले नेपाली कांग्रेसलाई साथमा लिएर सरकार बनाउने कोसिस पनि गरेको देखिन्छ ।

सरकार कसको नेतृत्वमा बन्छ र को प्रधानमन्त्री बन्छ भन्ने अनेक जोड घटाउका बीच अहिले भारतीय राजदूत नविन श्रीवास्तवको दौडधुप बढेको छ । भारतले नेपालमा सँधै आफू नियन्त्रित सरकार बनाउने कोसिस गर्ने भएकोले यस पटक पनि भारतीय राजदूतको सक्रियता बढेको हो । राजदूत श्रीवास्तवले कांग्रेस सभापति देउवा र एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटे लगत्तै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 9 =