महिलालाई संसद छिर्न समानुपातिक कै भर : गण्डकीमा १८ जना समानुपातिकबाट ल्याउनुपर्ने बाध्यता

पोखरा । १८ प्रतिनिधि र ३६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको गण्डकी प्रदेशमा हालसम्म १७ प्रतिनिधि सभा र ३४ प्रदेश सभा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । हालसम्म प्रतिनिधि सभामा १ र प्रदेश सभामा २ जना मात्रै महिला निर्वाचित भएका छन् ।

त्यसो त प्रमुख दलहरुले महिला उम्मेद्वार उठाएकै थिएनन् । एमालेले प्रतिनिधि सभामा २ र प्रदेश सभामा ३ जना तथा माओवादीले प्रदेश सभामा १ जनालाई मात्रै उम्मेद्वार बनाएको थियो । हालसम्म एमालेबाट उम्मेद्वारी दिएका मात्रै निर्वाचित भए । परिणाम आउन बाँकी स्याङजा क्षेत्र नम्बर २ मा प्रमुख पार्टीबाट महिला उम्मेद्वार नभएका कारण त्यहाँ महिला निर्वाचित हुने सम्भावना लगभग टुंगिएको छ ।

गण्डकी प्रदेश सभामा प्रत्यक्षबाट चुनाव जित्ने २ जना मात्रै महिला भएका छन् । यहाँ ३३ प्रतिशत संविधानले तोकेको सीट पु¥याउन समानुपातिकबाटै तान्नुपर्ने भएको छ । २० महिला सांसद मध्ये १८ जना अब समानुपातिकबाट भर्नुपर्छ । त्यसमा कांग्रेसले प्राप्त गर्ने पूरा समानुपातिक सीटमा महिला मात्रै आउने भएका छन् । हालसम्म १६ सीट चुनाव जितेको कांग्रेसले ९ सीट वा ८ सीट समानुपातिक जिते महिला मात्रै आउने अवस्था रहन्छ । एमालेले पनि १० सीट समानुपातिकबाट ल्याए । ५ महिला र ५ पुरुष ल्याउन पाउँछ ।

माओवादीले पनि ३ सीटमा महिला अनिवार्य ल्याउनुपर्ने भएको छ । १ सीट वा २ सीट जित्ने राप्रपाले पनि महिलालाई समानुपातिकबाट ल्याउनुपर्ने छ । मनोनयनको समयमा गण्डकीमा प्रत्यक्षतर्फ ३६ सिटमा २ सय ३५ जनाको उम्मेदवारी परेको थियो । जसमा दलसहित स्वतन्त्र गरी २९ महिला प्रतिस्पर्धा थिए । तर प्रमुख दल मानिएका पार्टीबाट महिलाले उम्मेद्वार बन्ने अवसर पनि पाएनन् ।

उम्मेद्वार बनेकी कास्की २ (ख) की मिना गुरुङ विन्दुकुमार थापासँग पराजीत भइन् । स्याङजा १ ९क० मा दुवै प्रमुख पार्टीबाट महिलाबीच नै प्रतिश्पर्धा थियो । एमालेले सीता सुन्दास र गठबन्धनबाट माओवादीले अमृता थापालाई उठायो । यहाँ सीताले चुनाव जितिसकेकी छिन् ।

नवलपुर २ ९क० बाट एमालेकी पद्या जिसी पुरुषलाई हराएरै विजयी भइन् । प्रदेश तर्फ कांग्रेसले पाएको २१ र संघ तर्फ १२ सीटमा नै पुरुष मात्रै उम्मेद्वार उठायो । प्रतिनिधि सभा तर्फ कास्की २ बाट विद्या भट्टराई विजयी हुँदा बागलुङ २ बाट एमालेकै मन्जु शर्मा चालिसे पराजीत भइन् । प्रतिनिधिसभाको कुल १ सय ९६ उम्मेदवारमध्ये एमाले, अन्य साना दल स्वतन्त्रका गरी २० महिला उम्मेदवार थिए ।

प्रतिनिधि सभामा पनि ३३ प्रतिशत महिला सहभागिता पु¥याउन समानुपातिककै भर पर्नुपर्ने हुन्छ । प्रतिनिधि सभामा कुल २ सय ७५ सिटमा ३३ प्रतिशत महिला सहभागिता पु¥याउन कम्तीमा ९२ महिला सांसद आवश्यक पर्छ । तर प्रत्यक्षतर्फ १ सय ६५ सिटमा १ सय ५० सिटको टुंगो लाग्दा ८ जना महिलामात्र निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *