चुनाव हारेर मेरो हिन्दु रास्ट्र बनाउने सपना कमजोर भयो : कमल थापा

काडमाडौँ । मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट नेकपा एमालेको चुनाव चिह्न सूर्यबाट निर्वाचनमा भाग लिएका कमल थापा हारेपछि सामाजिक संजालमा विभिन्न अभिव्यक्ति दिदै आएका छन् ।

उनले आज बिहाल सामाजिक संजालमा चुनाव हारेर आफ्नो हिन्दु रास्ट्र बनाउने सपना कमजोर भएको बताएका छन् ।

उनले लेखेका छन् ‘ चुनाव हारेर मैले व्यक्तिगतरुपमा केही गुमाएको छैन।नेपाललाई सर्वधर्म समभाव सहितको हिन्दुराष्ट्र बनाउने सपना कमजोर भएकोमा दुःखी छु । मैले हेटौंडालाई राजधानी त बनाएँ । तर,काठमाडौं जोड्ने सुरुङमार्ग,नयाँ औद्योगिक क्षेत्र,चक्रपथ बनाउने, हेटौंडा हस्पिटलको स्तरोन्नति गर्ने र विश्वविद्यालय स्थापना गर्ने सपना हारेकोमा भने चिन्ता छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − two =