समानुपातिकतर्फ भक्तपुरमा नेमकिपा बलियो

काठमाडौँ । समानुपातिकतर्फ भक्तपुरमा नेमकिपा बलियो पार्टी बनेको छ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ भक्तपुरमा नेपाल मजदुर किसान पार्टी नेमकिपा पहिलो दल बनेको हो ।

प्राप्त मतका आधार नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाचौंथो ठूलो दल बनेको छ। त्यसैगरी नेकपा एमाले दोस्रो ठूलो दल बन्दा नेपाली कांग्रेस भने तेस्रो ठूलो दल बनेका छन् ।

प्रतिनिधिसभाका दुई वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा नेमकिपाले १ नं क्षेत्रबाट ३२ हजार ९०४ र क्षेत्र नं २ बाट सात हजार ८६३ मत प्राप्त गर्दै कुल ४० हजार ७६७ मतका साथ पहिलो दल बनेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + sixteen =