माओवादीका उपमहासचिव पोखरेल हराउँदै महोत्तरी-१ मा एमाले विजयी

काठमाडाैँ । महोत्तरी–१ बाट नेकपा एमालेका लक्ष्मी महत्तो विजयी भएका छन् । उनले नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई पराजित गरेका हुन् ।

पोखरेल १५ वर्षदेखिको लगातार विजयलाई यस पटक महत्तोले ‘ब्रेक’ लगाई दिएका छन् । महतोले २३ हजार ४०२ मत ल्याएर विजयी हुँदा पोखरेलले २२ हजार ३७२ मतमा रोकिए । पोखरेल सत्ता गठबन्धनका साझा उम्मेदवार थिए । यो क्षेत्रमा लामो समयदेखि पोखरेल जित्दै आएका थिए । उनी ०६४, ०७० र ०७४ मा यही क्षेत्रबाट लगातार विजयी भए पनि यो पटक एमालेले उनको जितमा ब्रेक लगाउन सफल भएको छ ।

०७४ मा महतो जसपाबाट पोखरेलसँग प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला पोखरेल एमालेको सहयोग पाएर लक्ष्मीलाई पराजित गरे । यो पटक एमालेमा गएर जसपाको सहयोगमा पोखरेललाई पछारे । जनमोर्चा हुँदै माओवादीसँग एकीकरण प्रक्रियामा गएदेखि पोखरेल तीन पटक विजयी हुँदा ५ पटक मन्त्री बन्ने अवसर पाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *