यी हुन् १५४ क्षेत्रबाट निर्वाचित सांसद, बाँकीमा कहाँ कसको अग्रता ? (सूचीसहित)

काठमाडाैँ । १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १५४ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ । नेपाली कांग्रेसले सबभन्दा बढी ५२ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ४० स्थानमा जित हात पारेको छ ।

माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ६ स्थानमा जित निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन् । नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेको छ ।

नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १-१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन् । दोलखा, स्याङ्जा २ र बाजुराको मत भने गणना हुन बाँकी छ ।

हेर्नुहोस् कसले कहाँ जिते ?

नेपाली कांग्रेस
(१) मुस्ताङ – योगेश शेरचन
(२) मनाङ – टेकबहादुर गुरुङ
(३) काठमाडौं १ – प्रकाशमान सिंह
(४) काठमाडौं ३ – सन्तोष चालिसे
(५) काठमाडौं ४ – गगनकुमार थापा
(६) काठमाडौं ५ – प्रदीप पौडेल
(७) रसुवा – मोहन आचार्य
(८) ललितपुर १ – उदय शमशेर जबरा
(९) तनहुँ २ – शंकर भण्डारी
(१०) डडेल्धुरा – शेरबहादुर देउवा
(११) काठमाडौं १० – राजेन्द्रकुमार केसी
(१२) पर्सा ४ – रमेशकुमार रिजाल
(१३) सुर्खेत २ – हृदयराम थानी
(१४) ओखलढुंगा – रामहरि खतिवडा
(१५) झापा १ – विश्वप्रकाश शर्मा
(१६) पर्सा १ – अजयकुमार चौरसिया
(१७) गोरखा १ – राजेन्द्र बजगाँई
(१८) म्याग्दी – खमबहादुर गर्बुजा
(१९) अछाम २ – पुष्पबहादुर शाह
(२०) कैलाली ४ – वीरबहादुर बलायर
(२१) दार्चुला – दिलेन्द्र प्रसाद बडू
(२२) कञ्चनपुर ३ – रमेश लेखक
(२३) कञ्चनपुर २ – एनपी साउद
(२४) दैलेख २ – दिक्पालकुमार शाही
(२५) भक्तपुर २ – दुर्लभ थापा
(२६) नवलपरासी पूर्व १ – शशांक कोइराला
(२७) तनहुँ १ – रामचन्द्र पौडेल
(२८) बाँके ३ – किशोरसिंह राठोर
(२९) रौतहट ४ – देवप्रकाश तिमल्सिना
(३०) सप्तरी ३ – दिनेश कुमार यादव
(३१) धादिङ २ – राम नाथ अधिकारी
(३२) सुर्खेत १- पूर्णबहादुर खड्का
(३३) नवलपुर २- विष्णु कुमार कार्की
(३४) सिन्धुली १- श्‍यामकुमार घिमिरे
(३५) दाङ ३ – दीपक गिरी
(३६) बर्दिया १ – सञ्जय गौतम
(३७) नवलपरासी पश्चिम १ – विनोद चौधरी
(३८) धनुषा २ – रामकृष्ण यादव
(३९) सिन्धुपाल्चोक २ – मोहनबहादुर बस्नेत
(४०) मोरङ ६ – शेखर कोइराला
(४१) कैलाली ५ – डिल्लीराज पन्त
(४२) गुल्मी १ – चन्द्र भण्डारी
(४३) स्याङ्जा १ – राजु थापा
(४४) संखुवासभा – दीपक खड्का
(४५) कपिलवस्तु २ – सुरेन्द्र राज आचार्य
(४६) तेह्रथुम – सीता गुरूङ
(४७) मोरङ ३ – सुनिलकुमार शर्मा
(४८) नुवाकोट २ – अर्जुननरसिंह केसी
(४९) सप्तरी ४ – तेजुलाल चौधरी
(५०) मुगु – ऐनबहादुर शाही
(५१) महोत्तरी ४ – महेन्द्रकुमार राय
(५२) मोरङ १ – डिगबहादुर लिम्बू

नेकपा एमाले
(१) उदयपुर २ – अम्बरबहादुर रायमाझी
(२) काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ
(३) ललितपुर २ – प्रेमबहादुर महर्जन
(४) गुल्मी २ – गोकर्ण विष्ट
(५) झापा २ – देवराज घिमिरे
(६) झापा ५ – केपी शर्मा ओली
(७) ताप्लेजुङ – योगेश भट्टराई
(८) पर्सा ३ – राजकुमार गुप्ता
(९) अर्घाखाँची – टोपबहादुर रायमाझी
(१०) प्युठान – सूर्य थापा
(११) लमजुङ – पृथ्वीसुब्बा गुरुङ
(१२) मकवानपुर २ – महेश बर्तौला
(१३) सोलुखुम्बु – मानवीर राई
(१४) पर्वत – पदम गिरी
(१५) झापा ४ – लालप्रसाद साँवा लिम्बु
(१६) रुपन्देही ५ – बासुदेव घिमिरे
(१७) धनकुटा – राजेन्द्रकुमार राई
(१८) कास्की २ – विद्या भट्टराई
(१९) बाँके १ – सूर्य प्रसाद ढकाल
(२०) सिराहा १ – राम शंकर यादव
(२१) बैतडी- दामोदर भण्डारी
(२२) कञ्चनपुर १ – तारा लामा तामाङ
(२३) कपिलवस्तु १ – बलराम अधिकारी
(२४) पाँचथर – वसन्तकुमार नेम्वाङ
(२५) कास्की ३ – दामोदर पौडेल ‘वैरागी’
(२६) सर्लाही ३ – हरिप्रसाद उप्रेती
(२७) बारा ३ – ज्वालाकुमारी साह
(२८) बारा १ – अच्युतप्रसाद मैनाली
(२९) धनुषा ३ – जुली महतो
(३०) कास्की १ – मनबहादुर गुरूङ
(३१) सिरहा ३ – लीलानाथ श्रेष्ठ
(३२) पाल्पा २ – ठाकुरप्रसाद गैरे
(३३) मोरङ २ – ऋषिकेश पोखरेल
(३४) कपिलवस्तु ३ – मंगलप्रसाद गुप्ता
(३५) रूपन्देही २ – विष्णु पौडेल
(३६) काभ्रेपलाञ्चोक २ – गोकुल बाँस्कोटा
(३७) पाल्पा १ – नारायणप्रसाद आचार्य
(३८) रूपन्देही १ – छविलाल विश्वकर्मा
(३९) सुनसरी २ – भीम आचार्य
(४०) इलाम २ – सुवास नेम्वाङ

नेकपा (माओवादी केन्द्र)
(१) सिन्धुली २ – लेखनाथ दाहाल
(२) सिन्धुपाल्चोक १ – माधव सापकोटा
(३) बाग्लुङ २ – देवेन्द्र पौडेल
(४) रोल्पा – वर्षमान पुन
(५) रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर
(६) जाजरकोट – शक्तिबहादुर बस्नेत
(७) गोरखा २ – पुष्पकमल दाहाल ‘प्रचण्ड’
(८) दाङ २ – रेखा शर्मा
(९) खोटाङ – रामकुमार राई
(१०) भोजपुर – सुदन किराती
(११) मोरङ ४ – अमनलाल मोदी
(१२) रूकुम पश्चिम – जनार्दन शर्मा
(१३) कालिकोट – महेन्द्रबहादुर शाही
(१४) नुवाकोट १ – हितबहादुर तामाङ
(१५) हुम्ला – छिरिङ डम्डुल लामा (कार्चेन)
(१६) काभ्रे १- सूर्यमान तामाङ (दोङ)
(१७) सर्लाही २- महिन्द्र राय यादव

नेकपा एकीकृत समाजवादी
(१) अछाम १ – शेरबहादुर कुँवर
(२) बारा ४ – कृष्णकुमार श्रेष्ठ
(३) बझाङ – भानुभक्त जोशी
(४) दैलेख १ – अम्मरबहादुर थापा
(५) डोटी – प्रेम आले
(६) सल्यान – प्रकाश ज्वाला
(७) रौतहट १ – माधवकुमार नेपाल
(८) डोल्पा – धनबहादुर बुढा
(९) धादिङ १- राजेन्द्र पाण्डे
(१०) दाङ १ – मेटमणि चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी
(१) काठमाडौं ७ – गणेश पराजुली
(२) काठमाडौं ८ – विराजभक्त श्रेष्ठ
(३) काठमाडौं २ – सोबिता गौतम
(४) काठमाडौं ६ – शिशिर खनाल
(५) चितवन २ – रवि लामिछाने
(६) ललितपुर ३ – डा. तोसिमा कार्की
(७) चितवन १ – हरि ढकाल
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
(१) बाँके २ – धवलसमशेर जबरा
(२) जुम्ला – ज्ञानेन्द्रबहादुर शाही
(३) मकवानपुर १ – दीपकबहादुर सिंह
(४) झापा ३ – राजेन्द्र लिङ्देन
(५) नवलपरासी २ – ध्रुवबहादुर प्रधान
(६) चितवन ३ – विक्रम पाण्डे
(७) रूपन्देही ३- दीपक बोहोरा

जनता समाजवादी पार्टी (जसपा)
(१) पर्सा १ – प्रदीप यादव
(२) सप्तरी १ – नवलकिशोर साह सुडी
(३) सिरहा ४ – वीरेन्द्रप्रसाद महतो
(४) बारा २- राम सहाय प्रसाद यादव
(५) सिराहा २ – राजकिशोर यादव
(६) धनुषा १ – दीपक कार्की

लोकतान्त्रिक समाजवादी पार्टी
(१) रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला
(२) सर्लाही १ – रामप्रकाश चौधरी
(३) महोत्तरी २ – शरतसिंह भण्डारी
(४) महोत्तरी ३ – महन्थ ठाकुर

नागरिक उन्मुक्ति पार्टी
(१) कैलाली १ – गंगाराम चौधरी
(२) कैलाली – १ रञ्जिता श्रेष्ठ
(३) कैलाली २ – अरूनकुमार चौधरी

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)
(१) भक्तपुर १ – प्रेम सुवाल

राष्ट्रिय जनमोर्चा
(१) बाग्लुङ – चित्रबहादुर केसी

जनमत पार्टी
(१) सप्तरी २ – सीके राउत

स्वतन्त्र
(१) बर्दिया २ – लालवीर चौधरी
(२) मोरङ ५ – योगेन्द्र मण्डल
(३) रौतहट ३ – प्रभु साह
(४) सर्लाही ४ – अमरेश सिंह
(५) रौतहट २ – किरणकुमार साह

बाँकीमा कहाँ कसको अग्रता ?
निर्वाचन आयोगका अनुसार अझैसम्म पनि ११ स्थानको नतिजा आइसकेको छैन । हालसम्म दोलखा–१, स्याङ्जा–२, सुनसरी–१, ३ र ४, बाजुरा, इलाम–१, उदयपुर–१, महोत्तरी–१ र रामेछापको नतिजा आउन सकेको छैन ।

दोलखा–१ मा निर्वाचन सम्पन्न भए पनि मतगणना सुरु हुन सकेको छैन । राजनीतिक दलहरुबीच सहमति नजुट्दा मतगणना सुरु हुन नसकेको हो । त्यसैगरी स्याङ्जा–२ मा दलहरुबीच मतगणनाका लागि सहमति जुटेको छैन ।

सुनसरी–१ मा भने मतगणना जारी छ । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङ १२ हजार ९९ मतका साथ अग्रता लिएका छन् भने जनता समाजवादी पार्टीका अशोक कुमार राईले ११ हजार ९८२ मतसहित पछ्याइरहेका छन् ।

सुनसरी–३ मा एमालेकि भगवती चौधरी १८ हजार ४५६ मतका साथ अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका विजयकुमार गच्छदार १३ हजार ९३७ मतका साथ पछ्याइरहेका छन् ।

सुनसरी–४ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की २१ हजार ४४५ मतसहित अग्रस्थानमा छन् भने एमालेका जगदिशप्रसाद कुसियैत २१ हजार ४३३ मतसहित पछ्याइरहेका छन् ।

बाजुराको बूढीनन्दा नगरपालिका–५ मा शनिबार पुनः मतदान भएकाले मतगणनाको काम सुरु हुन सकेको छैन । इलाम–१ मा एमालेका महेश बस्नेत १८ हजार ५४२ मतका साथ अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका नेकपा (एकीकृत समाजवादी)का झलनाथ खनाल १६ हजार ८७ मतका साथ दोस्रो स्थानमा छन् ।

उदयपुर–१ मा कांग्रेसका नारायण खड्का २५ हजार ९१७ मतका साथ पहिलो स्थानमा छन् भने एमालेकी मञ्जुकुमारी चौधरी २४ हजार १०९ मतका साथ दोस्रो स्थानमा छन् ।

महोत्तरी–१ मा एमालेकी लक्ष्मी महतो कोइरी २३ हजार ४२० मतका साथ पहिलो स्थानमा छन् भने माओवादी केन्द्रका गिरिराजमणि पोखरेल २२ हजार ९५८ मतका साथ पछ्याइरहेका छन् ।

रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङ ४२ हजार ६६२ मतका साथ अग्रता कायम गरेका छन् भने उनलाई एमालेका कैलाशप्रसाद ढुङ्गेलले २९ हजार ६४९ मतका साथ पछ्याइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *