हस्ताक्षर नभएका मतपत्र भेटिएपछि नेम्वाङको क्षेत्रमा तनाव (भिडिओ)

काठमाडौँ । सुवास नेम्वाङको क्षेत्रमा मतगणना स्थगित भएको छ । इलाम २ मा मतगणना स्थगित भएको हो । ।मतदान अधिकृतको हस्ताक्षर नभएका ४० मतपत्र भेटिएपछि मतगणना स्थगित भएको छ । हस्ताक्षर नभएका मतपत्र भेटिएपछि स्थिति पनि तनावग्रस्त बनेको छ । नाराबाजी चलिरहेको छ ।

इलाम २ मा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ २९ हजार १३५ मत ल्याएर अग्रता लिइरहेका छन् । गठबन्धनको उम्मेदवार कांग्रेसका डम्बर खड्का २९ हजार ५ मत सहित नेम्वाङलाई पछ्याइरहेका छन् । १ वडामात्र गणना हुन बाँकी रहेको सो क्षेत्रमा नेम्वाङ १३० मतले अघि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *