सुनसरी ४ मा मतगणना रोकियो, धाँधली भएको आशंका

काठमाडौँ । सुनसरी ४मा मतगणना रोकिएको छ । मत गणनामा नेपाली कांग्रेसले धाँधली भएको आशंका गरेपछि सुनसरी ४ मा प्रतिनिधिसभातर्फको मतगणना रोकिएको हो ।

मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।

सोही बिषयलाई लिएर नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले घटना छानबिनको मागसहित सर्वदलीय बैठक माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 5 =